९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री नीता ढुंगाना अस्पतालबाट डिस्चार्ज



अ+ अ-

काठमाडौं । अभिनेत्री नीता ढुंगाना मेडीसिटि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । ‘एपेन्डीसाइट’ को सफल शल्यक्रियापश्चात् नीता मंगलबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

नीताका श्रीमान ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले सामाजिक सञ्जाल मार्फत डाक्टर र अस्पताललाई धन्यवाद दिदैं नीता डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

आइतबार अचानक बिरामी परेर अस्पताल पुगेकी नितालाई ‘एपेन्डीसाइट’ भएको पुष्टि भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएकी थिइन् । अप्रेसनपछि मंगलबार उनी अस्पतालबाट डिस्चार्ज भएकी हुन् । नीता ढुंगाना यतिबेला स्वास्थ्य लाभ गरिरहेकी छिन् ।