१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र बंगलादेशबीचको खेलमा हात हालाहाल, दुबै देशका खेलाडीलाई रेड कार्ड



अ+ अ-

काठमाडौं । यू–२० साफ च्याप्यिनसिप अन्तर्गतको नेपाल र बंगलादेशबीच जारी खेलमा तनाव सिर्जना भएको छ । दोस्रो हाफ सुरु भएलगत्तै दुवैतर्फका खेलाडीहरुबीच हात हालाहालको स्थिति बनेको हो । बंगलादेशका सहिदुल इस्लामले रातो कार्ड पाए । यस्तै, नेपालका दिपेश गुरुङले पनि रातो कार्ड पाए भने बेन्चका खेलाडी रोहित सुब्बालाई समेत रातो कार्ड दिइएको छ ।

नेपालका कृतिश रैन छन्जुमाथि फल गरेपछि नेपाली खेलाडीहरु आक्रोशित बनेका थिए । यो समाचार तयार पार्दासम्म नेपाल र बंगलादेशबीच १–१ गोलको बराबरी भएको छ ।