२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले र बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेलमा पहिलो हाफ सकिँदा दुबै टिमले गोलरहित बराबरी खेलेका छन् । दुबै टिमले गोल गर्ने प्रयास गरेपनि सफल हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

नेपाललाई फाइनलमा पुग्न जितबाहेकको विकल्प छैन । उता, बंगलादेश पनि नेपाललाई रोक्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । नेपाललाई बराबरीमा रोकेपनि बंगलादेश अपराजित रहँदै फाइनलमा पुग्नेछ ।

भारतसँगको हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १–१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् । समूहको शीर्ष दुई टोलीले उपाधिका प्रतिस्पर्धा गर्नेछन् ।




भर्खरै