• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo

पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी



काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले र बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेलमा पहिलो हाफ सकिँदा दुबै टिमले गोलरहित बराबरी खेलेका छन् । दुबै टिमले गोल गर्ने प्रयास गरेपनि सफल हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

नेपाललाई फाइनलमा पुग्न जितबाहेकको विकल्प छैन । उता, बंगलादेश पनि नेपाललाई रोक्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । नेपाललाई बराबरीमा रोकेपनि बंगलादेश अपराजित रहँदै फाइनलमा पुग्नेछ ।

भारतसँगको हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १–१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् । समूहको शीर्ष दुई टोलीले उपाधिका प्रतिस्पर्धा गर्नेछन् ।