९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्‌राइज बैंकले सुरु गर्‍यो नेपाल पे क्युआरको सेवा



अ+ अ-

काठमाडौँ । सनराइज बैंकले नेशनल पेमेन्ट स्विचअन्तर्गत नेपालपे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ।

सोमबार बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउस लिका प्रमुख कार्यकारी अधिकृत निलेस मान सिंह प्रधानले संयुक्त रुपमा यो सेवाको शुभारम्भ गरेका हुन्।

सनराइज बैंकका ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी नेपालपे क्युआर मर्चेन्टहरुमा सजिलै झुक्तानी गर्न सक्नेछन्।

सनराइज बैंकमार्फत क्युआर भुक्तानी सेवा लिएका वा लिन चाहने ब्यावसायीहरुले नेपालपे क्युआर स्ट्यान्डी प्राप्त गर्न पनि सक्नेछन्।

बैंकले २० हजारभन्दा बढी मर्चेन्ट नेटवर्क (पस तथा क्युआर), १५९ एटीएम, १३९ शाखा, १३ वटा एक्सटेन्सन काउन्टर, ९४ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आएको छ।

सन्‌राइज बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ भन्ने नाराका साथ डिजिटाइजेसनलाई प्रबर्द्धन गर्दै आएको छ।