२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

न्याय मिल्यो, उपचार मिलेनः काकाससुराले मिर्गौला दान गर्न पाउने

न्याय मिल्यो, उपचार मिलेनः काकाससुराले मिर्गौला दान गर्न पाउने
अ अ+ अ-

झापा । सर्वोच्च अदालतले काकाससुराले मिर्गौला दान गर्न पाउने परमादेश जारी गरेको छ ।  यसअघि मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नेपालको कानुनमा काकाससुराले मिर्गौला दान दिन पाउने व्यवस्था थिएन । झापाको भद्रपुर नगरपालिका–१० की गीता भण्डारीको दुबै मिर्गौला फेल भएपछि प्रत्यारोपणको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कानुनमा व्यवस्था नभएको भन्दै तीन साताअघि प्रत्यारोपण रोकेको थियो ।

काकाससुरा नेत्रप्रसाद भण्डारीले बुहारीलाई मिर्गौला दान दिने मञ्जुरीसहित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपणको प्रक्रिया अघि बढाइएको थियो । काकाससुराको मेडिकल जाँचको अन्तिम रिपोर्टमासमेत प्रत्यारोपण गर्न मिल्ने भनिएको थियो । तर कानुनी अड्चन देखाउँदै केन्द्रले प्रत्यारोपण गर्न मानेन् ।

केन्द्रले कानुनी अड्चन देखाएपछि गीता भण्डारीले सर्वोच्च अदालतमा काकाससुराले मिर्गौला दिन पाउने व्यवस्था गराइपाउँ भनी रिट दर्ता गर्नुभएको थियो । रिट दर्ता भएको एक महिना पुग्नै लाग्दा आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुँडालको इजलासले काकाससुराबाट मिर्गौला दान गर्न पाउने परमादेश जारी गरेको हो ।

भण्डारीको पक्षबाट बहस गर्नुभएका अधिवक्ता टीकाराम भट्टराईले काकाससुरा नेत्रप्रसाद भण्डारीले बुहारी गीता भण्डारीलाई मिर्गौला दान दिन मिल्दैन भन्ने भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्णय बदर भएको बताउनुभयो ।

सर्वोच्च अदालतको सो सम्बन्धी फैसलामा जीवन रक्षा मौलिक हकको विषय भएको हुँदा बुहारीको जीवनरक्षाका लागि काकाससुराले मिर्गौला दान दिन मिल्ने प्रष्ट उल्लेख गरिएको अधिवक्ता भट्टराईले बताउनुभयो । यो फैसला नजिर बन्ने भएकाले अबदेखि नेपालमा काकाससुराले पनि मिर्गौला दान गर्न मिल्ने भएको छ ।

“अब ससुरासरहका काकाससुरा नेत्रप्रसाद भण्डारीले मिर्गौला अङग दान गर्न चाहेमा चिकित्सकीय रीत पु¥याई मिर्गौला प्रत्यारोपण गर्नु गराउनु भनी परमादेशको आदेश जारी हुने ठहर्छ”–अदालतको आदेशमा उल्लेख छ ।

अदालतले काकाससुराले मिर्गौला दान गर्न पाउने न्यायिक फैसला गरे तापनि सुनुवाइको बिलम्बले गर्दा पीडित पक्षले उपचार भने पाउन सकेन । अदालतको आदेश पर्खिंदा बिरामीको अवस्था झन् नाजुक हुँदै जाने र कानुनी अड्चनले तनाव बढ्दै गएको कारण मिर्गौला प्रत्यारोपणका लागि भण्डारी परिवार भारतको दिल्लीस्थित फोर्टिज अस्पताल पुगेको छ ।

भारतमा काकाससुराले मिर्गौला दान दिन पाउने कानुनी व्यवस्था भएका कारण दिल्ली जानु परेको जनाउँदै भण्डारीका पति देवीचरण भण्डारीले बताउनुभयो । “सर्वोच्च अदालतको फैसलाले न्याय पाएको अनुुभूति मिलेको छ”, उहाँले भन्नुभयो, “फैसला पर्खिंदा उपचारमा बिलम्ब हुने भएको हुँदा हामी गीताजीलाई लिएर दिल्लीमा छौं । गीताजीले स्वदेशमै प्रत्यारोपणको उपचार भने पाउनसक्नु भएन ।”

दिल्लीमा प्रत्यारोपण अघिको प्रक्रिया अन्तिम चरणमा पुगेको र केही दिनभित्रै प्रत्यारोपण हुने उहाँले जानकारी दिनुभयो । आफ्नो परिवार कानुनी अड्चनका कारण उपचार पाउनबाट वञ्चित हुनु परे तापनि अब उप्रान्त नेपालीले प्रत्यारोपणमा आफूहरुले जस्तो समस्या भोग्नु नपर्ने कुराले खुशी तुल्याएको उहाँको भनाइ छ । चद्रकला भण्डारी / रासस