२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

माग्ने बुढाले माफी माग्दै हटाए विवादित दृश्य



अ+ अ-

काठमाडौँ । भगवान् शिवजीलाई मजाक बनाएर बनाइएको टेलिभिजन शो ‘कमेडी हब’ को ट्रेलर हटाइएको छ । आइतबार राति सार्वजनिक गरिएको ट्रेलरमा भगवान् शिवजीलाई मजाकको पात्र बनाइएपछि ट्रेलर विवादित बनेको थियो ।

हास्य कलाकार हास्य कलाकार सीता न्यौपानेले महादेवसँग टिकटक बनाएको भिडिओ ट्रेलरमा राखिएको थियो । कार्यक्रमका निर्देशक केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले माफी माग्दै ती दृश्य युट्युब, फेसबुक र टिकटकबाट हटाइएको जानकारी दिएका छन् ।

“कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव महादेवलाई लिएर बनाइएको विषय वस्तुप्रति दर्शक तथा शुभचिन्तकज्यूहरूले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्युहरू समक्ष हामी क्षमा माग्दछौँ”, घिमिरेले लेखेका छन् ।