९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

माग्ने बुढाले माफी माग्दै हटाए विवादित दृश्य



अ+ अ-

काठमाडौँ । भगवान् शिवजीलाई मजाक बनाएर बनाइएको टेलिभिजन शो ‘कमेडी हब’ को ट्रेलर हटाइएको छ । आइतबार राति सार्वजनिक गरिएको ट्रेलरमा भगवान् शिवजीलाई मजाकको पात्र बनाइएपछि ट्रेलर विवादित बनेको थियो ।

हास्य कलाकार हास्य कलाकार सीता न्यौपानेले महादेवसँग टिकटक बनाएको भिडिओ ट्रेलरमा राखिएको थियो । कार्यक्रमका निर्देशक केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले माफी माग्दै ती दृश्य युट्युब, फेसबुक र टिकटकबाट हटाइएको जानकारी दिएका छन् ।

“कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव महादेवलाई लिएर बनाइएको विषय वस्तुप्रति दर्शक तथा शुभचिन्तकज्यूहरूले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्युहरू समक्ष हामी क्षमा माग्दछौँ”, घिमिरेले लेखेका छन् ।