• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए



काठमाडौँ । काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चार सदस्य मृत भेटिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् । घरमा पाण्डेसहित श्रमती र छोराछोरी मृत फेला परेका हुन् ।

दिनेशलाई झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको छ । कोठाको भित्रबाट चुकुल लगाई पहिला श्रीमती, छोरा र छोरीको हत्या गरेर उनले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जनाएको छ । भित्र भुइँमा तीन जनाको शव लडेको र दिनेशको झुण्डिएको अवस्थामा फेला परेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा १० वर्ष बसेर ४१ वर्षीय दिनेश फर्केका थिए । उनकी श्रीमती सुनीता घर नजिकै पसल चलाएर बसेकी थिइन् । प्रहरीका अनुसार पाण्डे दम्पतीबीच झगडा भइरहन्थ्यो र केही समयअघि दुई पटक बालाजु प्रहरी वृत्तमा उनीहरुलाई मिलापत्र गरेर छाडिएको थियो ।

प्रहरीले पारिवारिक कलहकै कारण यस्तो घटना भएको पत्ता लागेको बताएको छ । बिहान अबेरसम्म पनि घर सुनसान भएपछि स्थानीयवासीले ढोका फोरेर हेर्दा उनीहरु मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।

यसैबीच घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले घटनाको प्रकृति हेर्दा श्रीमान्ले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको बताउनुभएको छ ।

उहाँका अनुसार आज बिहान बच्चालाई स्कुल लैजान बस आउँदा पत्ता लागेको हो । त्यसक्रममा कोही नभएपछि प्रहरी प्रशासनलाई खवर गरेर भित्र गएपछि घट्नाबारे थाहा भएको हो । श्रीमती सुनिता पाण्डे २ दिनपछि युके जाने तयारीमा रहेको भन्ने बुझिएको मेयर महर्जनले बताउनुभयो ।

घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।