५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए



अ+ अ-

काठमाडौँ । काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चार सदस्य मृत भेटिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् । घरमा पाण्डेसहित श्रमती र छोराछोरी मृत फेला परेका हुन् ।

दिनेशलाई झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको छ । कोठाको भित्रबाट चुकुल लगाई पहिला श्रीमती, छोरा र छोरीको हत्या गरेर उनले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जनाएको छ । भित्र भुइँमा तीन जनाको शव लडेको र दिनेशको झुण्डिएको अवस्थामा फेला परेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा १० वर्ष बसेर ४१ वर्षीय दिनेश फर्केका थिए । उनकी श्रीमती सुनीता घर नजिकै पसल चलाएर बसेकी थिइन् । प्रहरीका अनुसार पाण्डे दम्पतीबीच झगडा भइरहन्थ्यो र केही समयअघि दुई पटक बालाजु प्रहरी वृत्तमा उनीहरुलाई मिलापत्र गरेर छाडिएको थियो ।

प्रहरीले पारिवारिक कलहकै कारण यस्तो घटना भएको पत्ता लागेको बताएको छ । बिहान अबेरसम्म पनि घर सुनसान भएपछि स्थानीयवासीले ढोका फोरेर हेर्दा उनीहरु मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।

यसैबीच घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले घटनाको प्रकृति हेर्दा श्रीमान्ले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको बताउनुभएको छ ।

उहाँका अनुसार आज बिहान बच्चालाई स्कुल लैजान बस आउँदा पत्ता लागेको हो । त्यसक्रममा कोही नभएपछि प्रहरी प्रशासनलाई खवर गरेर भित्र गएपछि घट्नाबारे थाहा भएको हो । श्रीमती सुनिता पाण्डे २ दिनपछि युके जाने तयारीमा रहेको भन्ने बुझिएको मेयर महर्जनले बताउनुभयो ।

घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।




भर्खरै