• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

प्रहरीका १३ एसपीको काज सरुवा, चार जिल्लाका प्रमुख फेरिए



काठमाडौं । प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ ।

काज सरुवाबाट चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुखको फेरबदल गरिएको हो ।

काज सरुवा अनुसार उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डित पठाइएका छन् ।

यस्तै, उदयपुरका एसपी सुवासचन्द्र बोहोरा प्रहरी प्रशासन सिंहदरबार, सुनसरीका सञ्जयसिंह थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), इलामका महेन्द्र श्रेष्ठ मधेश प्रहरी कार्यालयको आर्थिक प्रशासन शाखामा सरुवा भएका छन् भने नुवाकोटका एसपी रामप्रकाश शाह प्रहरी प्रधान कार्यालय, नक्साल पठाइएको छ ।