१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीका १३ एसपीको काज सरुवा, चार जिल्लाका प्रमुख फेरिए



अ+ अ-

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ ।

काज सरुवाबाट चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुखको फेरबदल गरिएको हो ।

काज सरुवा अनुसार उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डित पठाइएका छन् ।

यस्तै, उदयपुरका एसपी सुवासचन्द्र बोहोरा प्रहरी प्रशासन सिंहदरबार, सुनसरीका सञ्जयसिंह थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), इलामका महेन्द्र श्रेष्ठ मधेश प्रहरी कार्यालयको आर्थिक प्रशासन शाखामा सरुवा भएका छन् भने नुवाकोटका एसपी रामप्रकाश शाह प्रहरी प्रधान कार्यालय, नक्साल पठाइएको छ ।