३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु

डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा

डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
अ+ अ-

काठमाडौँ। चीनमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को क्षयरोग (टीबी) अनुसन्धान र नवप्रवर्तनसम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र शुक्रबार स्थापना गरिएको छ ।

यसले विश्वको सबैभन्दा घातकमध्ये एक सङ्क्रामक रोग टीबी नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनियाँ विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखेको छ ।

यो केन्द्र बेइजिङस्थित चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र (चाइना सीडीसी) मा औपचारिक रूपमा उद्घाटन गरिएको हो । यसले वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन, रोग निगरानी र टीबी रोकथाम तथा नियन्त्रणका अन्य क्षेत्रमा केन्द्रित रहनेछ ।

डब्ल्यूएचओको एचआईभी, क्षयरोग, हेपाटाइटिस तथा यौन सञ्चारित सङ्क्रमण विभागका निर्देशक टेरेजा कासाएभाले भन्नुभयो, “चीनले क्षयरोगको भार घटाउन उल्लेखनीय प्रगति गरेको छ र विश्वव्यापी क्षयरोग नियन्त्रणमा बढ्दो महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।”

डब्ल्यूएचओको विश्व टीबी रिपोर्ट २०२५ अनुसार, चीनमा सन् २०२४ मा कुल क्षयरोग सङ्क्रमणदर प्रति एक लाख जनसङ्ख्यामा ४९ मा झरेको छ । यसले चीनलाई मध्यमदेखि न्यून क्षयरोग सङ्क्रमित भएको देश बनाएको छ ।

कासाएभाले भन्नुभयो, “नयाँ केन्द्र विश्वव्यापी नवप्रवर्तन, अनुसन्धान, प्रविधि आदानप्रदान र क्षमता विकासको महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्न सक्छ, जसले वैज्ञानिक प्रगतिको व्यावहारिक समाधानमा रूपान्तरण गर्न मद्दत गर्नेछ।”

‘चाइना सीडीसी’ अन्तर्गतको राष्ट्रिय क्षयरोग रोकथाम तथा नियन्त्रण केन्द्रका प्रमुख झाओ यानलिनले केन्द्रले पाँचवटा मुख्य कार्यहरू गर्ने बताउनुभयो ।

यी कार्यहरूमा नयाँ निदान प्रविधि, एन्टी–टीबी औषधि, खोप र डिजिटल स्वास्थ्य उपकरणहरूको विकास, मूल्याङ्कन र प्रवद्र्धन; टीबीसम्बन्धी डब्ल्यूएचओको दिशानिर्देश र मापदण्डको निर्माण तथा संशोधनमा योगदान गर्नेछ ।

यसले प्रयोगशाला परीक्षण र महामारी विज्ञान अनुसन्धानमा अन्तर्राष्ट्रिय तालिम तथा क्षमता विकास, विश्वव्यापी क्षयरोग अनुगमन, जोखिम मूल्याङ्कन र तथ्याङ्क साझेदारी, तथा प्राविधिक आदानप्रदान र संयुक्त अनुसन्धानका लागि बहुपक्षीय मञ्च स्थापना गर्ने बताइएको छ।

डब्ल्यूएचओको तथ्याङ्क अनुसार, दशकौंको नियन्त्रण प्रयासका बाबजुद क्षयरोग अझै पनि एकल सङ्क्रामक रोगबाट हुने मृत्युको विश्वको प्रमुख कारण बनेको छ । नयाँ केन्द्रको स्थापना अन्तर्राष्ट्रिय समुदायले सन् २०३० सम्म विश्वव्यापी क्षयरोग महामारी अन्त्य गर्ने लक्ष्यतर्फ काम गरिरहेका बेला आएको हो ।

सन् २०१२ देखि चीनमा क्षयरोगको समस्या निरन्तर घटेको छ। घटनादर र मृत्युदर दुवै लगभग ३० प्रतिशतले घटेका छन् भने क्षयरोग निको हुने राष्ट्रिय दर ९० प्रतिशतभन्दा माथि कायम छ। रासस