२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बस



अ+ अ-

बर्दिया । ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपससम्म बस सेवा सञ्चालनमा ल्याएको छ । यसबाट विद्यार्थी तथा अभिभावक खुशी भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको यस क्याम्पसमा  विद्यार्थीहरू छोटो बाटो प्रयोग गरी आउँदा जाँदा वन्यजन्तुको आक्रमणमा पर्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको  सहायक क्याम्पस प्रमुख रुद्रबहादुर खड्काले बताउनुभयोे ।

हाल कोभिड–१९ का कारण क्याम्पस सञ्चालन नभए पनि शुक्रबारदेखि सञ्चालन हुने स्नातक दोस्रो वर्षको परीक्षालाई सहज हुुने उल्लेख गर्दै उहाँले बस सेवालाई मधुवन नगरपालिकाको सूर्यपटुवा ओराली हुँदै बगनाह क्यामपससम्म पु¥याइने जानकारी दिनुभयो । (रासस)