२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० च्याम्पियनसिपः बलियो टोली भारतसँग भिड्दै नेपाल



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार बलियो घरेलु टोली भारतको सामना गर्दैछ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले तेस्रो खेलमा साविक विजेता भारतसँग खेल्न लागेको हो । नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ । नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० तथा दोस्रो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले हराएको थियो ।

नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ । भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फाइनलमा स्थान बनाउनका लागि भारतलाई नेपालविरुद्ध जित निकाल्नुपर्ने दबाब छ ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै श्रीलंका, बंगलादेश र माल्दिभ्सको सहभागिता रहेको छ ।

च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्ने छन् । नेपालले अन्तिम खेल मंगलबार बंगलादेशसँग खेल्नेछ ।




भर्खरै