५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेससको ह्याट्रिकमा सेभियाविरुद्ध आर्सनलको फराकिलो जित



अ+ अ-

एजेन्सी । प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा आर्सनलले फराकिलो जित निकालेको छ । इमिरेट्स स्टेडियममा शनिबार बेलुका भएको खेलमा आर्सनलले स्पेनिस क्लब सेभियालाई ६–० गोल अन्तरले हराएको हो ।

आर्सनललाई जित दिलाउन ग्राबियल जिससले ह्याट्रिक गरे । यस्तै, बुकायो साकाले दुई र एड्डी एनकेटियाहले एक गोल गरे । खेलको दशौँ मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

१३औं मिनेटमा जेससले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । १५औं मिनेटमा जेससले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो तथा १९औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दा आर्सनलले ४–० को अग्रता लियो ।

७७औं मिनेटमा जेससले ह्याट्रिक पूरा गरेपछि आर्सनल खेलमा ५–० ले अघि रह्यो । यस्तै, ८८औं मिनेटमा वैकल्पिक खेलाडी एनकेटियाहले गोल गर्दै आर्सनलको फराकिलो जित सुनिश्चित गरे । प्रि–सिजनमा आर्सनलको यो लगातार पाँचौ जित समेत हो ।