• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo

जेससको ह्याट्रिकमा सेभियाविरुद्ध आर्सनलको फराकिलो जित



एजेन्सी । प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा आर्सनलले फराकिलो जित निकालेको छ । इमिरेट्स स्टेडियममा शनिबार बेलुका भएको खेलमा आर्सनलले स्पेनिस क्लब सेभियालाई ६–० गोल अन्तरले हराएको हो ।

आर्सनललाई जित दिलाउन ग्राबियल जिससले ह्याट्रिक गरे । यस्तै, बुकायो साकाले दुई र एड्डी एनकेटियाहले एक गोल गरे । खेलको दशौँ मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

१३औं मिनेटमा जेससले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । १५औं मिनेटमा जेससले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो तथा १९औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दा आर्सनलले ४–० को अग्रता लियो ।

७७औं मिनेटमा जेससले ह्याट्रिक पूरा गरेपछि आर्सनल खेलमा ५–० ले अघि रह्यो । यस्तै, ८८औं मिनेटमा वैकल्पिक खेलाडी एनकेटियाहले गोल गर्दै आर्सनलको फराकिलो जित सुनिश्चित गरे । प्रि–सिजनमा आर्सनलको यो लगातार पाँचौ जित समेत हो ।