८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आईपीएल अनि काव्या

आईपीएल अनि काव्या
अ अ+ अ-

एजेन्सी । १७ औं संस्करणको इन्डिय प्रिमियर लिग (आईपीएल)ले आज नयाँ विजेता पाउँदैछ ।

आईपीएलको फाइनल खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच साँझ ७ः४५ बजे सुरु हुनेछ ।

फाइनल खेलमा एक सुन्दर युवती पक्कै पनि आफ्नो टोलीको प्रदर्शनमा कहिले खुसी त कहिले चिन्तित देखिनेछिन् । क्यामेराले उनको मुभमेन्टलाई कैद गर्नेछ । ती सुन्दर युवती हुन् हैदरावाद टिमकी मालिक काव्या मारन ।

आईपीएलमा आफ्नो टिमको हरेक खेलमा उनी देखिएकी छिन् । काव्याले आफ्नो अभिव्यक्ति लुकाउँदिनन् ।

काव्या हैदराबादकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) र मालिक हुन् । काव्याको जन्म अगस्ट ६, १९९२ मा चेन्नईको एक धनी व्यापारी परिवारमा भएको थियो । उनका बुबा कलानिथी मारन सन ग्रुपका अध्यक्ष र संस्थापक हुन् ।

चेन्नईको एक विद्यालयबाट आफ्नो स्कूली शिक्षा पूरा गरेपछि, उनले स्टिल स्टेला मारिस कलेज, चेन्नईमा प्रवेश गरिन् र वाणिज्यमा स्नातक डिग्री प्राप्त गरे । त्यसपछि काव्या थप अध्ययनका लागि बेलायत गइन् । त्यहाँ उनले न्यूयोर्क विश्वविद्यालयसँग सम्बद्ध लियोनार्ड एन स्टर्न स्कूल अफ बिजनेसबाट एमबीए डिग्री हासिल गरिन् ।

पढाइ सकेपछि उनी भारत फर्किइन् र आफ्नो पारिवारिक व्यवसाय सन टिभी नेटवर्कमा आबद्ध भइन् । काव्या मारनलाई सन् २०१९ मा सन टिभी नेटवर्कको निर्देशक प्यानलमा समावेश गरिएको थियो ।

काव्या मारनलाई क्रिकेटमा गहिरो रुचि छ । आईपीएलमा खेलाडीको लिलामीमा उनी जसरी बोलीमा देखिन्छिन्, त्यसले टोलीका लागि खेलाडी छनोटमा उनको महत्वपूर्ण भूमिका रहेको देखाउँछ ।

काव्या मारनको परिवार व्यवसायसँग मात्र सम्बन्धित छैन, उनको परिवारमा राजनीतिक प्रभाव पनि छ । काव्याका हजुरबुबा मुरासोली मारन पूर्व केन्द्रीय वाणिज्य मन्त्री थिए र उनका काका दयानिधि मारन केन्द्रीय मन्त्री थिए । रिपोर्टका अनुसार काव्याको अनुमानित कुल सम्पत्ति करिब ४०९ करोड रुपैयाँभन्दा बढी रहेको छ ।