१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बाट  वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालीका अनुसार भदौ १८ गते शुक्रबार मुलुकभरमा वडा अधिबेशन गर्ने तय भएको थियो । सबै वडामा अधिवेशन हुने भएपनि क्रियाशील सदस्यता  तय भएको जिल्लाहरुको मात्र अधिबेशन हुन लागेको हो ।

५६ ओटा जिल्लाको क्रियाशील सदस्यताको बिबरण सार्बजनिक भएकोमा आज करिब ४५ ओटा जिल्लाको वडा अधिबेशन हुन लागेको हो ।  २१ ओटा जिल्लाको क्रियाशील सदस्यताको सूचि अझै सार्बजनिक भएको छैन । वडा अधिबेशनलाई संगठनको पहिलो आधार स्तम्भका रुपमा लिने गरिन्छ । वडा अधिवेशन बाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने व्यवस्था रहेको छ ।

यसै गरी क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने प्रदेश र प्रतिनिधिसभाको निर्बाचन क्षेत्र  कमिटी चयनका लागि मतदान गर्नेछन् । केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने ब्यवस्था रहेको छ ।