२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा पुरिएर ६ जनाको मृत्यु, २ बेपत्ता (अपडेट)



अ+ अ-

पर्वत । पर्वतका विभिन्न ठाउँमा पहिराले पुरिँदा ६ जनाको मृत्यु भएको छ भने २ जना पुरिएर बेपत्ता भएका छन् ।

बिहीवार रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये तिन जनाको मृत्यु भएको छ भने दुइ जना पुरिएर बेपत्ता भएका छन् । 

पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार पहिरोमा परि मुत्यु हुनेमा १५ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशल्या पौडेल रहेका छन् भने सोही परिवारका भगवती पौडेल र उनका छोरा विनोद बेपत्ता छन् । 

यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पनि पहिरोमा पुरिएर आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश रहेका छन् । 

यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको पर्वत प्रहरीले जनाएको छ ।