• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति

नेपालमा बाघको संख्या ३५५ पुग्यो



काठमाडौँ । नेपालमा बाघको संख्या ३५५ पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक गर्नुभएको चौथो राष्ट्रिय बाघ गणनाको नतिजाअनुसार पछिल्लो चार वर्षमा बाघको संख्या १२० ले बढेको छ । सन् २०१८ मा नेपालमा २३५ वटा बाघ थिए ।

सार्वजनिक नतिजामा सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ रहेका छन् । त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ गणना भएका छन् । गत मंसिर १९ गतेदेखि सुरु भएर फागुन २८ गतेसमम बाघ गणना सम्पन्न भएको थियो ।

सन् २०१० मा रुस को सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूले दोब्बर बनाउने संकल्प गर्दै महत्त्वपूर्ण निर्णय गरेका थिए । नेपालले पनि सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने संकल्प गरेको थियो । तर समयावधिभन्दा अघि नै नेपालले आफ्नो संकल्प पूरा गरेको छ । सन् २०१० मा नेपालमा बाघको संख्या १२१ थियो ।