२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा बाघको संख्या ३५५ पुग्यो



अ+ अ-

काठमाडौँ । नेपालमा बाघको संख्या ३५५ पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक गर्नुभएको चौथो राष्ट्रिय बाघ गणनाको नतिजाअनुसार पछिल्लो चार वर्षमा बाघको संख्या १२० ले बढेको छ । सन् २०१८ मा नेपालमा २३५ वटा बाघ थिए ।

सार्वजनिक नतिजामा सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ रहेका छन् । त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ गणना भएका छन् । गत मंसिर १९ गतेदेखि सुरु भएर फागुन २८ गतेसमम बाघ गणना सम्पन्न भएको थियो ।

सन् २०१० मा रुस को सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूले दोब्बर बनाउने संकल्प गर्दै महत्त्वपूर्ण निर्णय गरेका थिए । नेपालले पनि सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने संकल्प गरेको थियो । तर समयावधिभन्दा अघि नै नेपालले आफ्नो संकल्प पूरा गरेको छ । सन् २०१० मा नेपालमा बाघको संख्या १२१ थियो ।