१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोग र सभामुख बिरुद्ध एमाले अध्यक्ष ओलीले दायर गरेको रिटको सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटको आज सर्बोच्च अदालतमा सुनुवाई हुने भएको छ । ओलीले दायर गरेको रिट  न्यायाधीश मीरा खड्काको इजलासमा पेसी तोकिएको छ ।

एमालेले साधारण सदस्यबाट हटाएका  ९ जना र निवेदनमा हस्ताक्षर नगरेका ६ जनालाई सनाखत गराएर नेकपा एकिकृत समाजबादीएसलाई दलको मान्यता दिएको भन्दै ओलीले निर्णय खारेजीको माग सहित निर्बाचन  आयोग र सभामुख बिरुद्ध रिट दर्ता गराउनु भएको थियो ।

गत बुधबार दायर गरिएको रिटमा ओलीले  सभामुख अग्नि सापकोटाले एमालेले सांसद पदबाट निष्कासन गरेका १४ जनामाथिको कारवाही असंवैधानिकरूपमा रोकेर राखेको उल्लेख गर्दे कारबाही गरिएकाहरुको सासंद पद खारेजीको माग समेत गर्नुभएको छ ।