४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

चलचित्र प्रकाशः जुम्लाको कथा, नेपाली समाजको यथार्थता

चलचित्र प्रकाशः जुम्लाको कथा, नेपाली समाजको यथार्थता
अ+ अ-

पोखरा । प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘प्रकाश’ नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन् । आगामी भदौ १० गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको उक्त चलचित्रको प्रवद्र्धनका लागि बिहीबार पोखरा आएका कलाकारहरुले एकसाथ चलचित्रले नेपाली समाजको यथार्थतालाई देखाउन खोजेको बताए ।

“चलचित्र प्रकाश समाजको यथार्थतामा आधारित कथा हो । यसको मुख्य भूमिकामा अभिनय गर्न पाउँदा मलाइ खुसी लागेको छ”, चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा नायक प्रदीप खड्काले भन्नुभयो, “चलचित्र जुम्लामा छायाङ्कन गरिएको भएपनि नेपाली समाजको यथार्थता, भोगाइलाई तथा समस्यालाई कथामा देखाउन खोजिएको छ ।”

चलचित्रमा जुम्लाको गरिब परिवारको विपन्नतामा हुर्केका एक सदस्य प्रकाशको शिक्षक बन्ने सपना र त्यससँग उनको सपना पूरा गर्न जोडिएका विभिन्न घटनाक्रमलाई प्रस्तुत गर्न खोजिएको छ । आफ्नो सपना पूरा गर्न गर्नुपर्ने विविध सङ्घर्षको कथालाई चलचित्रले देखाउन खोजेको बताउँदै उहाँले प्रकाशले आफूलाई कलाकार बनाएको उल्लेख गर्नुभयो ।

पोखरेलीबाट आफूले मायाँ पाइरहेको बताउँदै खड्काले चलचित्र प्रकाशलाई सफल बनाउन पनि पोखराबाट महत्वपूर्ण सहयोग मिल्ने आशा व्यक्त गर्नुभयो । चलचित्रकी नायिका दिया मास्केले कुनै पनि पुरुषको हरेक सफलतामा महिलाको हात हुने कुरालाई आफ्नो भूमिकामार्फत देखाउन खोजेको धारणा राख्नुभयो । नेपाली जनजीवनलाई वास्तविकरुपमा चित्रण गरिएको उल्लेख गर्दै उहाँले अभिनयका क्रममा देखे भोगेका विभिन्न अनुभव सुनाउनुभयो । पोखरा आफ्नो घर भएकाले पनि यहाँबाट अत्यधिक माया पाइने मास्केको विश्वास छ ।

चलचित्र लेखक विकास सुवेदीले ‘प्रकाश’ सबैको कथा भएको बताउँदै जीवन सङ्घर्षको पहाड भएको विषयलाई चलचित्रले स्पष्टरुपमा चित्रण गर्न खोजेको बताउनुभयो । पत्रकारिता क्षेत्र हुँदै आफू चलचित्रमा प्रवेश गरेको अनुभव सुनाउँदै उहाँले पत्रकारिताका क्रममा देखे भोगेका विविध समस्यालाई चलचित्रमा उतारिएको बताउनुभयो ।

“एक गरिब परिवारमा जन्मेको व्यक्तिले शिक्षक बन्न गर्नुपरेको सङ्घर्षलाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ”, उहाँले भन्नुभयो, “यो सबैको कथा हो, समाजको वास्तविकता हो ।” चलचित्र निर्माणका सन्दर्भमा झण्डै एक वर्ष अध्ययन अनुसन्धान गरिएको बताउँदै सुवेदीले प्रदर्शन हुने तयारीमा आउँदा अरु दुई वर्ष लागेको बताउनुभयो । हालसम्म करिब रु दुई करोड लगानी भइसकेको जानकारी दिँदै उहाँले लागत रु दुई करोड ५० लाखसम्म पुग्न सक्ने बताउनुभयो ।

चलचित्रका निर्देशक दिनेश राउतले समाजको यथार्थपरक कथालाई समेत व्यवसायिकीकरण गर्नुपर्ने आवश्यकतालाई औँल्याउँदै प्रकाशले नेपाली समाजको यथार्थतालाई जीवन्तरुपमा चित्रण गरेको बताउनुभयो । आफू राम्रो कथाको खोजीमा रहेको र चाहेजस्तो कथा पाएकाले पनि ‘प्रकाश’ निर्देशनका लागि तयार भएको उहाँको भनाइ छ । चलचित्र ‘प्रसाद’पश्चात् लामो समयको अन्तरालमा ‘प्रकाश’ निर्देशन गरेको उहाँले जानकारी दिनुभयो ।

चलचित्रमा प्रकाश घिमिरे, राजन खतिवडालगायतका कलाकारको अभिनय गर्नुभएको छ । निर्माता महेन्द्र अधिकारी रहनुभएको चलचित्र विनिस इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण गरिएको हो ।