• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल ★   जलवायु परिवर्तनले समुदायमा पारेको प्रभाव न्युनिकरणका लागि तत्काल कदम चाल्नुपर्छ: प्रधानमन्त्री ★   पुष्पकमल दाहालमा अति कुर्सीमोह दलगत र गुटगत संकीर्ण चिन्तन देखापरेको छ: बाबुराम भट्टराई ★   प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन ★   क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा २५५८ औं बुद्ध जयन्ती मनाइँदै ★   ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र ★   आफ्नै रेकर्ड तोड्दै कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा ★   सामुदायिक रेडियोको विकासमा प्रधानमन्त्रीको प्रतिबद्धता ★   क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम ★   लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ

महिला टोलीको इतिहास रच्ने रणनीतिका साथ साफको तयारी (फोटोसहित)



काठमाडौँ । भदौ तेस्रो साता नेपालमा छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप हुँदैछ । च्याम्पियनसिपका लागि यति बेला महिला टोली अभ्यासमा ब्यस्त छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लव एपिएफका प्रशिक्षक कुमार थापाले नेपाली महिला टोलीलाई प्रशिक्षण दिइरहनुभएका छन् । उपविजेता भन्दा माथि पुग्न नसेकेको टोली घरेलु मैदानलाई सदुपयोग गर्दै इतिहास रच्ने रणनीतिका साथ तयारीलाई तीब्रता दिइरहेको छ ।

दक्षिण एशियाको प्रतिष्ठित प्रतियोगिता महिला साफको छैठौं संस्करण भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा आयोजना हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएसँगै नेपालले आयोजनाका लागि प्रश्ताव गरेको थियो । स्विकृत भएपछि घरेलु मैदानमा आयोजना हुँदा हौसिएको नेपाली महिला टोली उपाधि राख्ने लक्ष्यका साथ अभ्यास पनि थालेको हो । साफ इतिहासमा उपविजेता भन्दा माथि पुग्न नसकेको नेपाली टोलीलाई प्रशिक्षणको जिम्मा एन्फाले कुमार थापालाई दिएको छ ।

थापाले ५८ खेलाडीलाई डाकेर अहिले प्रशिक्षण गराइरहनुभएको छ । करिव एक साता अभ्यास गरिसकेको नेपाली टोलीले यसअघि राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण अन्तर्गत एशियन गेम्सका लागि अभ्यास गरेको थियो । एशियन गेम्सको तयारीका लागि अभ्यास गरेको टोलीसहित केही नयाँ अनुहारलाई समावेश गर्दै प्रशिक्षक थापाले अभ्यास गराइरहहनुभएको छ । यसअघि पनि महिला टोलीको जिम्मेवारी सम्हालिसक्नुभएका कुमार थापाले काठमाडौंमा प्रतिष्पर्धी टोली बढ्दै गएको अवस्थापनि घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिता सफलता निकाल्ने लक्ष्यका साथ तयारी गरिरहेको बताउनु भयो ।

यसअघि साफ नेपालमा दुई संस्करण सम्पन्न भइसकेको छ । विराटनगर र पोखरा सम्पन्न भएका प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । चार संस्करणमा उपविजेता हुँदा भारत नेपालको तगारो हुँदै आएको छ । अनुभव लिइरहेको स्थानमा खेलेर उपाधि लक्ष्य राख्नु स्वभाविक पनि हो । प्रतियोगिता हुने मिति नजिकिएसँगै तयारी शुरु गर्ने रोग नेपाली फुटबलको हो । अझ महिला प्रतियोगिता सिमित हुने गरेका छन् । प्रशिक्षक थापाले महिला फुटबलको संरचना नै कमजोर भएको भन्दै ७ हप्ताको अवसर पर्याप्त भएको प्रतिक्रिया दिनुभयो ।

नेपालमा आयोजना हुन लागेको साफ च्याम्पियनपसिपका लागि उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरुलाई समेटेर एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । यस्तै स्थान व्यवस्थापकमा रविन्द्र चन्द, स्थानीय संयोजकमा विजय घले र प्रतियोगिता सुरक्षा प्रमुखको रुपमा दिनेश व्यञ्जनकारलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सञ्जिव शिल्पकारलाई बजार व्यवस्थापन, ब्रोडकास्टिङ र प्रतियोगिताको डिजिटल अधिकार दिइएको छ । नेपालमा तय भएको प्रतियोगिता पूर्व घोषित मिति भन्दा एक साता पछि धकेलिएको छ । यसअघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र फिफाबाट प्रतिवन्ध फुकुवा भएको पाकिस्तानले पनि प्रतिष्पर्धा गर्ने तालिका रहेको छ ।