२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टोलीको इतिहास रच्ने रणनीतिका साथ साफको तयारी (फोटोसहित)



अ+ अ-

काठमाडौँ । भदौ तेस्रो साता नेपालमा छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप हुँदैछ । च्याम्पियनसिपका लागि यति बेला महिला टोली अभ्यासमा ब्यस्त छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लव एपिएफका प्रशिक्षक कुमार थापाले नेपाली महिला टोलीलाई प्रशिक्षण दिइरहनुभएका छन् । उपविजेता भन्दा माथि पुग्न नसेकेको टोली घरेलु मैदानलाई सदुपयोग गर्दै इतिहास रच्ने रणनीतिका साथ तयारीलाई तीब्रता दिइरहेको छ ।

दक्षिण एशियाको प्रतिष्ठित प्रतियोगिता महिला साफको छैठौं संस्करण भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा आयोजना हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएसँगै नेपालले आयोजनाका लागि प्रश्ताव गरेको थियो । स्विकृत भएपछि घरेलु मैदानमा आयोजना हुँदा हौसिएको नेपाली महिला टोली उपाधि राख्ने लक्ष्यका साथ अभ्यास पनि थालेको हो । साफ इतिहासमा उपविजेता भन्दा माथि पुग्न नसकेको नेपाली टोलीलाई प्रशिक्षणको जिम्मा एन्फाले कुमार थापालाई दिएको छ ।

थापाले ५८ खेलाडीलाई डाकेर अहिले प्रशिक्षण गराइरहनुभएको छ । करिव एक साता अभ्यास गरिसकेको नेपाली टोलीले यसअघि राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण अन्तर्गत एशियन गेम्सका लागि अभ्यास गरेको थियो । एशियन गेम्सको तयारीका लागि अभ्यास गरेको टोलीसहित केही नयाँ अनुहारलाई समावेश गर्दै प्रशिक्षक थापाले अभ्यास गराइरहहनुभएको छ । यसअघि पनि महिला टोलीको जिम्मेवारी सम्हालिसक्नुभएका कुमार थापाले काठमाडौंमा प्रतिष्पर्धी टोली बढ्दै गएको अवस्थापनि घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिता सफलता निकाल्ने लक्ष्यका साथ तयारी गरिरहेको बताउनु भयो ।

यसअघि साफ नेपालमा दुई संस्करण सम्पन्न भइसकेको छ । विराटनगर र पोखरा सम्पन्न भएका प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । चार संस्करणमा उपविजेता हुँदा भारत नेपालको तगारो हुँदै आएको छ । अनुभव लिइरहेको स्थानमा खेलेर उपाधि लक्ष्य राख्नु स्वभाविक पनि हो । प्रतियोगिता हुने मिति नजिकिएसँगै तयारी शुरु गर्ने रोग नेपाली फुटबलको हो । अझ महिला प्रतियोगिता सिमित हुने गरेका छन् । प्रशिक्षक थापाले महिला फुटबलको संरचना नै कमजोर भएको भन्दै ७ हप्ताको अवसर पर्याप्त भएको प्रतिक्रिया दिनुभयो ।

नेपालमा आयोजना हुन लागेको साफ च्याम्पियनपसिपका लागि उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरुलाई समेटेर एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । यस्तै स्थान व्यवस्थापकमा रविन्द्र चन्द, स्थानीय संयोजकमा विजय घले र प्रतियोगिता सुरक्षा प्रमुखको रुपमा दिनेश व्यञ्जनकारलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सञ्जिव शिल्पकारलाई बजार व्यवस्थापन, ब्रोडकास्टिङ र प्रतियोगिताको डिजिटल अधिकार दिइएको छ । नेपालमा तय भएको प्रतियोगिता पूर्व घोषित मिति भन्दा एक साता पछि धकेलिएको छ । यसअघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र फिफाबाट प्रतिवन्ध फुकुवा भएको पाकिस्तानले पनि प्रतिष्पर्धा गर्ने तालिका रहेको छ ।