५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति



अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान भएको आगलागीमा करिब रु सात करोड क्षति भएको विवरण सङ्कलन गरिएको छ ।

व्यास नगरपालिकाले गठन गरेको समितिले सङ्कलन गरेको विवरणअनुसार रु छ करोड ९९ लाख ५१ हजार छ सय ७० को क्षति विवरण सङ्कलन भएको हो । समितिका संयोजक एवं व्यास–३का वडाध्यक्ष अनुप रानाले २१ जना पीडितसँग भेटेर विवरण सङ्कलन गरिएको जानकारी दिनुभयो । सङ्कलित क्षतिको विवरण नगर विपद् समितिमा पेस गरिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार पीडितको भनाइका आधारमा क्षतिको विवरण सङ्कलन गरिएको छ । उहाँले भन्नुभयो, “पीडितले दिएको जानकारीअनुसार सबैभन्दा थोरै रु तीन लाख दश हजारदेखि रु एक करोड १५ लाखसम्मको क्षति भएको विवरण छ ।” इमेज मोबाइलको रु एक करोड १५ लाख र मदिरा विक्रेताको रु एक करोड १५ लाख क्षति भएको विवरण सङ्कलन गरिएको छ ।

व्यास नगरपालिकाले सोमबार वडाध्यक्ष रानाको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँ, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ सभापति सुकनारायण मल्ल, पीडितका तर्फबाट केहरसिंह आले, प्रतापसिंह अधिकारी र नगरपालिकाका इन्जिनियर सुवास गौतम सदस्य हुनुहुन्छ ।

समितिलाई तीन दिनभित्र क्षतिको विवरण सङ्कलन गरी पेस गर्न भनिएको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका २१ पसल आगलागीबाट पूर्णरुपमा क्षति भएको छ । यहाँ आइसिक्रम पसल, सैलुन, फलफूल, मदिरा, मोबाइल, पुस्तक पसल, दूध डेरीलगायत सञ्चालनमा थिए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले क्षतिको यकिन विवरण आएपछि नगर विपद् समितिले जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्ने बताउनुभयो ।