११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति

दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति
अ अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान भएको आगलागीमा करिब रु सात करोड क्षति भएको विवरण सङ्कलन गरिएको छ ।

व्यास नगरपालिकाले गठन गरेको समितिले सङ्कलन गरेको विवरणअनुसार रु छ करोड ९९ लाख ५१ हजार छ सय ७० को क्षति विवरण सङ्कलन भएको हो । समितिका संयोजक एवं व्यास–३का वडाध्यक्ष अनुप रानाले २१ जना पीडितसँग भेटेर विवरण सङ्कलन गरिएको जानकारी दिनुभयो । सङ्कलित क्षतिको विवरण नगर विपद् समितिमा पेस गरिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार पीडितको भनाइका आधारमा क्षतिको विवरण सङ्कलन गरिएको छ । उहाँले भन्नुभयो, “पीडितले दिएको जानकारीअनुसार सबैभन्दा थोरै रु तीन लाख दश हजारदेखि रु एक करोड १५ लाखसम्मको क्षति भएको विवरण छ ।” इमेज मोबाइलको रु एक करोड १५ लाख र मदिरा विक्रेताको रु एक करोड १५ लाख क्षति भएको विवरण सङ्कलन गरिएको छ ।

व्यास नगरपालिकाले सोमबार वडाध्यक्ष रानाको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँ, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ सभापति सुकनारायण मल्ल, पीडितका तर्फबाट केहरसिंह आले, प्रतापसिंह अधिकारी र नगरपालिकाका इन्जिनियर सुवास गौतम सदस्य हुनुहुन्छ ।

समितिलाई तीन दिनभित्र क्षतिको विवरण सङ्कलन गरी पेस गर्न भनिएको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका २१ पसल आगलागीबाट पूर्णरुपमा क्षति भएको छ । यहाँ आइसिक्रम पसल, सैलुन, फलफूल, मदिरा, मोबाइल, पुस्तक पसल, दूध डेरीलगायत सञ्चालनमा थिए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले क्षतिको यकिन विवरण आएपछि नगर विपद् समितिले जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्ने बताउनुभयो ।