८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

महोत्तरीमा वनमारा फाँडेर वृक्षरोपण

महोत्तरीमा वनमारा फाँडेर वृक्षरोपण
अ+ अ-

महोत्तरी । बहुमूल्य काठका बिरुवा हुर्कन नदिने वनमारा (जङ्गली वनस्पति) फाँडेर सागरनाथ वन विकास परियोजनाले नयाँ वृक्षरोपण थालेको छ । महोत्तरी, सर्लाही र रौतहटसम्म रहेको परियोजना क्षेत्रमध्ये अहिले महोत्तरीका वनमारा झाडीक्षेत्रमा नयाँ वृक्षरोपण थालिएको हो ।

महोत्तरीमा पूर्वपश्चिम राजमार्गमुनि ९दक्षिणतर्फ० बर्दिबास र गौशाला नगरपालिका क्षेत्रको वन परियोजना अधिनस्त छ । वन क्षेत्रमा राम्रा काठका बिरुवा बढ्न र हुर्कन नदिने वनमारा झाडी बढ्दै गएपछि अहिले वनमारा फाँडेर नयाँ वृक्षरोपण गर्न थालिएको परियोजनाले जनाएको हो ।

पहिलो चरणमा गौशाला नगरपालिका–१ को रामनगर कुश्माढी रेञ्ज युनिटको १८ नम्बर वन क्षेत्रमा झाडी सफा गरेर नयाँ वृक्षरोपण सुरु भएको छ । यसैगरी गौशालाकै लक्ष्मीनियाँ वन क्षेत्रमा पनि झाडी फाँडेर वृक्षरोपण गर्न थालिएको छ । पहिलो चरणमा रामनगर कुश्माढी प्लटको १७ हेक्टर र लक्ष्मीनियाँको २९ हेक्टर वन क्षेत्रमा यो काम थालिएको परियोजनाको हात्तीलेट वन व्यवस्थापन शाखाका प्रमुख विद्यासागर कर्णले जानकारी दिनुभयो । अहिले यस क्षेत्रमा खयर र मसालाटसका बिरुवा रोपिदैछन् ।

वन क्षेत्रका बिरुवा झाडीले बढ्न नसकेपछि यो फाँडेर नयाँ बिरुवा रोप्नुपरेको परियोजनाका विज्ञको भनाइ छ । खयर र मसाला चाँडै १० वर्षमै काठ तयार हुने भएको हुँदा अहिले अन्य बिरुवा नरोपिएर यिनै रोपिएको कर्ण बताउनुहुन्छ । “अहिले पछिल्ला २० दिनयता दैनिक २०० स्थानीयवासी वृक्षरोपणमा तल्लिन छन्”, परियोजनाका रेञ्जर देवनारायण चौधरी भन्नुहुन्छ, “वृक्षरोपणमा खटिएका स्थानीयवासीलाई ज्यालाबापत दैनिक रु ६ सयसमेत उपलब्ध गराइएको हुँदा कामसँगै आर्थिक राहत पनि मिलेको छ ।”

वनमारा झाडी फाँडेर खनजोत गरेपछि चारैतिर काँडेतारले बेरेर वृक्षरोपण थालिएको हुँदा अहिले रोपिएका बिरुवा राम्ररी हुर्कने परियोजनाका कर्मचारी र स्थानीयवासीले आश सङ्गालेका छन् । वृक्षरोपण गरिएको प्लटमा प्लटैपिच्छे दैनिक रेखदेख र स्याहारका लागि वन हेरालु राखिएपछि अब चाँडै रोपिएका बिरुवा हुर्कने गौशाला–१ का चन्देश्वर महतोको विश्वास छ ।

परियोजनाले क्रमशः आफ्नो क्षेत्रका वनभित्र वनमारा र बिरुवा बढ्न नदिने अन्य झारपात फाँडेर नयाँ बिरुवा रोपण बढाउँदै लगिने जनाएको छ । अब मसाला र खयर नै रोपिने रेञ्जर चौधरी बताउनुहुन्छ । “खयर र मसाला सम्भार पाए चाँडै हलक्क बढ्छन्, यी एक वर्षमै पाँच÷छ फिटका हुने र १० वर्षमा काठको प्रयोगका लागि वयस्क भइसक्छन्”, रेञ्जर चौधरी भन्नुहुन्छ, “त्यसैले यहाँको माटो पनि यी बिरुवा हुर्कन उपयुक्त भएको हुँदा मसाला र खयर नै रोपिन थालिएको हो ।”

वृक्षरोपणको नयाँ कार्यक्रमले वन अतिक्रमण निरुत्साहित हुने अपेक्षा गरिएको छ । तीन जिल्लामा गरी अहिले करिब १२ हजार हेक्टर परियोजना क्षेत्रमध्ये ६ हजार हेक्टरभन्दा बढी महोत्तरीमै पर्छ ।