• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

साफ यू– २० च्याम्पियनसिपः नेपालले श्रीलंकाको सामना गर्दै



काठमाडौँ । साफ यू– २० च्याम्पियनसिप अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दैछ । पहिलो खेलमा माल्दिभ्समाथि ४–० गोलको जित निकाल्दै उच्च मनोवल बोकेको नेपालले आज दास्रो खेल श्रीलंकाविरुद्ध खेल्न लागेको हो ।

नेपाल र श्रीलंकाबीचको खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

आज श्रीलंकालाई हराएर फाइनल यात्रा सहज बनाउने नेपालको लक्ष्य रहेको छ । उता पहिलो खेलमा बंगलादेशसँग १–० गोलको हार ब्यहोरेको श्रीलंका पहिलो जितको खोजीमा रहेको छ ।

पाँच टिम सहभागी च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।