१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ १४ गतेको सिसिटिभी फुजेट ‘रिकभर’



अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सिसिटिभी फुटेज ‘रिकभर’ भएको छ । मंगलबार पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई छानबिन गठित समितिले फरेन्सिक ल्यावको रिपोर्ट खोलेको थियो ।

संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको हो ।

रिपोर्टमा १४ गते रातिकै सिसिटिभी फुटेज भएको उल्लेख भए पनि कुनै पनि भिडियो नबुझने रहेको समितिका एक सदस्यले जानकारी दिए । फुजेट ५० वटाभन्दा टुक्रामा रहेको बताइएको छ ।

ती क्लिपहरु केही सेकेन्डको रहेको र राम्रोसँग स्पष्ट नदेखिने छ । फुटेजमा मान्छेहरु आहोरदोहोर गरेको जस्तो देखिए पनि स्पष्ट देखिँदैन ।

आज बिहान बसेको समितिको बैठकमा प्रयोगशालाबाट प्राप्त विवरणका सम्बन्धमा ध्ययन सुरु गरिएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । ‘प्राविधिक विषयमा थप जानकारी लिन हामीले सम्बन्धित अधिकारीलाई बोलाएका छौँ ।’ अर्यालले भने ।

समितिको बैठक अपराह्न ४ बजे पुनः बस्नेछ । बजेट निर्माणका दिन गत जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिलाई सम्लग्न गराइएको र करको दर हेरफेर गरिएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो ।

सोही आरोपमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।