२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हदसम्मका नालायक, गैरजिम्मेवार र राष्ट्र बिरोधी शासक दुनियाँमा अब बाँकी छैनन् होला



अ+ अ-

आर्थिक वर्ष ०७८/०७९ मा हामीले बिभिन्न देशबाट १९ खर्ब २० अर्ब अर्थात हाम्रो बजेट भन्दा बढीको सामान आयात गरेका रहेछौ ।

जसमध्ये भारतबाट मात्र १२ खर्ब भन्दा बढीको सामान आयात गरिएको रहेछ। यसबाट भारतसॅग मात्र हाम्रो ब्यापार घाटा साढे १० खर्ब जतिको छ।

देशको बजेट भन्दा बढी ब्यापार घाटा र वैदेशिक ऋण हाम्रो छ । आन्तरिक खर्चको कुरा गर्दा बजेटको सबैजसो हिस्सा साधारण खर्चमै सकिन्छ। संघ र स्थानीय तहको भन्दा कुनै पनि नौलो कार्यक्षेत्र नभएको र कहिकतैबाट औचित्य सिद्ध गर्न नसकेको प्रदेशको खर्च मात्र बर्षेनी ३ खर्ब जतिको छ।

देशको हालत यस्तो छ । तर, सरकार, संसद् र प्रतिपक्षको किल्लामा यी कुराको उच्चारण सम्म पनि हुंदैन। उनीहरूको ध्यान चुनावको मुखमा पछि आउने संसद्को समेत अधिकार कटौती हुने गरि विदेशीलाई नागरिकता बाड्न केन्द्रित छ।

शायद् यो हदसम्मका नालायक, गैरजिम्मेवार र राष्ट्र बिरोधी शासक दुनियॅामा अब बॅाकी छैनन होला । कोही बाँकी रहेका पनि हालसालै भागीसके। हामी नेपाली अब जागौं ! अति भयो !

संविधानविद डा.भीमार्जुन आचार्यको फेसबुकबाट