४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय छानबिन विशेष समितिले फरेन्सिक विज्ञहरुसँग छलफल गर्ने (भिडियो)



अ+ अ-

काठमाडौं ।बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग छलफल गर्ने भएको छ ।

संसदीय छानबिन विशेष समितिको आज बसेको बैठकले फरेन्सिक विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको हो । यस अघि छानबिन समितिलाई मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।

प्रहरीको विधि विज्ञान प्रयोगशालामा ले पठाएको रिपोर्ट समेत समितिले अध्यायन गरिएको छ । बजेट बनाउने क्रममा बाहिरी व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप छ । आरोप लागेसँगै जनार्दन शर्माn] अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अनुसन्धान र निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गरिसकेको छ ।

अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन ।

निष्कर्ष ननिस्केपछि सिंहदरबार गेटकै फुटेज मगाएर समितिले अनुसन्धान गर्न लागेको हो ।

मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।