२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय छानबिन विशेष समितिले फरेन्सिक विज्ञहरुसँग छलफल गर्ने (भिडियो)



अ+ अ-

काठमाडौं ।बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग छलफल गर्ने भएको छ ।

संसदीय छानबिन विशेष समितिको आज बसेको बैठकले फरेन्सिक विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको हो । यस अघि छानबिन समितिलाई मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।

प्रहरीको विधि विज्ञान प्रयोगशालामा ले पठाएको रिपोर्ट समेत समितिले अध्यायन गरिएको छ । बजेट बनाउने क्रममा बाहिरी व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप छ । आरोप लागेसँगै जनार्दन शर्माn] अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अनुसन्धान र निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गरिसकेको छ ।

अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन ।

निष्कर्ष ननिस्केपछि सिंहदरबार गेटकै फुटेज मगाएर समितिले अनुसन्धान गर्न लागेको हो ।

मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।