२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल सञ्चालन हुने



अ+ अ-

काठमाडौं । पूर्वउद्योग राज्यमन्त्री, सांसद तथा उद्योगी मोतिलाल दुगडले ३ अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल सञ्चालन गर्नुहुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्यागी दुगडले चाँडै विराटनगरमा ३ अर्बको लगानीमा बनेको मलमा पाँच तारे होटल सेञ्चुरियन सञ्चालनमा ल्याउने बताउनु भयो । उद्योगी दुगडले प्रदेश एकमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मलमा पाँच तारे होटलसहित एउटै छानामुनी कर्पोरेट, कमर्सियल, सपिङ मल, मनोरञ्जन सुविधा उपलब्ध हुने बताउनु भयो ।

उहाँले सेञ्चुरियल मल करिव डेढ विघा क्षेत्रफलमा फैलिएको बताउनु भयो । उद्योगी दुगडले पाँच तारे होटल सेञ्चुरियनको सञ्चालन र व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटल रेडिसनले गर्ने जानकारी दिनुभयो । उहाँले स्तरीय होटल १८ महिनापछि सञ्चालनमा आउने पनि बताउनु भयो ।

उद्योगी दुगडले विराटनगरस्थित विमानस्थलबाट ४.२ किलोमिटर तथा भारतबाट १५ मिनेटको दूरीमा अवस्थित होटलमा स्वदेशी, भारतीय र तेस्रो मुलुकका पर्यटकलाई ल्याउन सकिने बताउनु भयो । उहाँले सेञ्चुरियन होटलमा आउने पाहुनहरुले मलभित्रै सपिङ र मनोरञ्जनको सुविधा लिनसक्ने बताउनु भयो । उहाँले होटलमा १४० कोठा, क्यासिनो,स्वीमिङ पुल, जीम, स्पा, १० हजार स्क्वायर फिटको विशेष प्रकारको रेष्टुराँ तथा बेन्क्युट र फिल्म हलको सुविधासमेत उपलब्ध हुने बताउनु भयो ।

सेञ्चुरियन मलमा अन्तराष्ट्रिय ब्राण्डका कफिशप लगायत अन्य ब्राण्डहरु समेत रहने भएकाले अन्तर्राष्ट्रिय पर्यटन धेरै भन्दा धेरै आकर्षित गर्न सकिने विश्वास रहेको सञ्चालक दुगडले बताउनु भयो । उहाँले नेपालमा यस्ता भौतिक पूर्वाधार र सेवासुविधा भएको पूर्वाधार बनेपछि मात्रै नेपालको पर्यटन क्षेत्रको विकास र मुलुक बन्ने बताउनु भयो ।

दुगडले नेपालमा अथाहा सम्भावना रहेको तर जोखिम मोल्नुपर्ने बताउनु भयो । सेञ्चुरियन मलमा नेपालकै एउटा युनिक आयोजना रहेको दाबी उहाँले गर्नु भयो । सोमवार नै अन्तर्राष्ट्रिय चेन होटल रेडिसनसँग सञ्चालन र व्यवस्थापनको लागि सम्झौतामा हस्ताक्षर भएको छ । दुगडले विगत लामो समयदेखि सेन्चुरि मसला उद्योग लगायत अन्य धेरै उद्योगहरु सञ्चालन गर्दै आउनुभएको छ ।