२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ५४.४५ अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार पनि नेप्से परिसूचक उच्च अङ्कले बढेको थियो । बजारले आज पनि सोही लय पछ्याउदै अगाडि बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५४.४५ अङ्कले उकालो लागेर दुई हजार १३२।९६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.०५ अङ्कले उकालो लागेर ४०७.३८ मा पुगेको छ ।

कूल २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर रु चार अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ मूल्यमा खरिद बिक्री भए । यसबाट नेप्से परिसूचक र कारोबार रकममा वृद्धि भएको देखिन्छ ।

कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बैंकिङ २१.५१, व्यापार ५०.३८, होटल तथा पर्यटन ७५.६७, विकास बैंक २१३.३८, जलविद्युत् १०७.१३, वित्त १३८.१९, निर्जीवन बीमा १२५.७७, उत्पादन १७०.०९, अन्य १४.३९, लघुवित्त १८५.९८, जीवन बीमा २१०.७९, सामूहकि लगानी कोष ०.१ र लगानी १.७४ अङ्कले उकालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब ४५ अर्ब ७३ करोड ५९ लाख ९८ हजार ३७७ बराबर पुगेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड २९ लाख २५ हजार ६७८ बराबरको कारोबार भयो । यस्तै अरुण काबेली पावर रु १४ करोड ५१ लाख १५ हजार ३४२, नेपाल दूरसञ्चार कम्पनी रु ११ करोड ५१ लाख सात हजार ४०५, हिमालयन डिस्टिलरी रु ११ करोड ४९ लाख ८४ लाख ३१४ र माथिल्लो तामाकोशी रु १० करोड ६० लाख ३१ हजार ६९५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

सात कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । आजको कारोबारमा ती कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स, सूर्योदय बोमी लघुवित्त, ग्रनि डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रोपावर, मानुषी लघुवित्त, बलेफी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो ।

यस्तै कूल १८ कम्पनीको शेयर मूल्यसमेत नौ प्रतिशत बढीले वृद्धि भएको छ । त्यस्तै मन्जुश्री फाइनान्स ५.८७, कुमारी बैंकको ऋणपत्र ३.९०, सिभिल बैंकको ऋणपत्र २.१८, सानिमा लार्ज क्याप २.०७ र लक्ष्मी उन्नती कोषका लगानकिर्ताले दुई प्रतिशतले गुमाएका छन् ।