२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध विकासको कामले तीव्रता लिन्छ: वरिष्ठ नेता पौडेल



अ+ अ-

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवरुद्ध विकासको कामले तीव्रता पाउने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा आज स्थानीयवासीसँगको भेटघाट कार्यक्रममा उहाँले जिल्लाको विकास निर्माणका लागि चिन्ता नलिन आग्रह गर्नुभयो ।

तनहुँको विकासको जिम्मा आफूले लिएको बताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “गत प्रतिनिधिसभा निर्वाचनबाट तनहँुका सबै क्षेत्रमा कम्युनिष्टले जितेपछि विकासको कामले गति लिन सकेन, यो बीचमा ठूला योजना सञ्चालन हुन सकेनन्, तर अब जिल्लाको विकासको जिम्मा म लिन्छु ।” वरिष्ठ नेता पौडेलले जिल्लाले विकासमा काँचुली फेर्ने बताउनुभयो ।

विगतमा राष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दामा व्यस्त रहनुपर्दा जिल्लामा कम मात्रै आउने गरे पनि आफू जिल्लाको विकासका लागि सधैँ क्रियाशील रहेको उहाँको भनाइ थियो । नेता पौडेलले आजै व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न ठाउँमा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । व्यास–७ का छापथोक, मेवावारी, जौबारी र गैह्रीस्वाँरा तथा भानु–१३ का पोखरीछाप, टुटेपानी, बाँसपानी, बयापानी, ओख्ले, रायपाली, अर्चले, रतनपुर र आहालेमा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।