२० भाद्र २०८३, शनिबार
,
Latest
आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध विकासको कामले तीव्रता लिन्छ: वरिष्ठ नेता पौडेल



अ+ अ-

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवरुद्ध विकासको कामले तीव्रता पाउने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा आज स्थानीयवासीसँगको भेटघाट कार्यक्रममा उहाँले जिल्लाको विकास निर्माणका लागि चिन्ता नलिन आग्रह गर्नुभयो ।

तनहुँको विकासको जिम्मा आफूले लिएको बताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “गत प्रतिनिधिसभा निर्वाचनबाट तनहँुका सबै क्षेत्रमा कम्युनिष्टले जितेपछि विकासको कामले गति लिन सकेन, यो बीचमा ठूला योजना सञ्चालन हुन सकेनन्, तर अब जिल्लाको विकासको जिम्मा म लिन्छु ।” वरिष्ठ नेता पौडेलले जिल्लाले विकासमा काँचुली फेर्ने बताउनुभयो ।

विगतमा राष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दामा व्यस्त रहनुपर्दा जिल्लामा कम मात्रै आउने गरे पनि आफू जिल्लाको विकासका लागि सधैँ क्रियाशील रहेको उहाँको भनाइ थियो । नेता पौडेलले आजै व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न ठाउँमा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । व्यास–७ का छापथोक, मेवावारी, जौबारी र गैह्रीस्वाँरा तथा भानु–१३ का पोखरीछाप, टुटेपानी, बाँसपानी, बयापानी, ओख्ले, रायपाली, अर्चले, रतनपुर र आहालेमा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।