४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

‘सिमसिमे पानी’ विवादः प्रेमराजा महतले गीत अतिक्रमण गरेको रेखा शाहको आरोप

‘सिमसिमे पानी’ विवादः प्रेमराजा महतले गीत अतिक्रमण गरेको रेखा शाहको आरोप
अ+ अ-

काठमाडौं । गायिका रेखा शाहले चर्चित गीत ‘सिमसिमे पानी’ गीतको प्रतिलिपि अधिकार आफूमाथि भएको दाबी गर्दै म्युजिक नेपालमा निवेदन दिएकी छन् ।

उनले निवेदनमा गायक प्रेमराजा महतमा गीतको अधिकार नभएको र मौलिक सर्जक आफू भएको उल्लेख गरेकी छन् । गायक तथा सरकारका महावाणिज्यदूत समेत रहेका महतले एकलौटी रुपमा गीतको अतिक्रमण गरेको आरोप शाहको छ ।

आइतबार फेसबुक लाइभमा आएर गायिका शाहले उक्त गीत काठमाडौंमा आएर रेडियो नेपालमा गाएको पहिलो गीत रहेको र त्यही गीत गाएर प्रतियोगितामा प्रथम भएको उल्लेख गरेकी छन् ।

‘एल्बम बजारमा आयो, त्यो एल्बम प्रेमराजा महतको नाममा मात्र थियो । सहमति के रैछ भने, म्युजिक नेपाल र प्रेमराजा महतबीच मात्र कपिराइट रैछ । त्यो थाहा पाएपछि म सक्ड भएँ ।’ उनले लाइभमा भनिन् ‘उहाँले आफ्ना आमाबुवामाथि क्यासेट समर्पित गर्नुभएको रैछ । ममाथि न्याय भएन भनेर मलाई त्यतिबेलै महसुस भएको हो । संगीतमा सिनियरबाट संस्कार हुन्छ भन्ने सुनेको थिएँ ।’

असार ४ गते शाहले लिखित रुपमा म्युजिक नेपालसँग निवेदन दिँदै गीतको सबै किसिमको इतिहास आफूलाई चाहियो भनेर माग गरेको शाहले बताइन् । उक्त एल्बम आजसम्म जति बिक्रि भयो त्यसको कत्ति पनि पारिश्रमिक नपाएको उनको आरोप छ ।

यस्तै, उनले अन्तमा भनिन् ‘सिमसिमे पानीमा रेखा शाहको हो भन्ने थाहा थिएन, उहाँहरुले बुझ्नु जरुरी छ । इतिहास बोकेको कुरामा सबैले जान्नुपर्छ भन्ने मलाई लाग्छ ।’