• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंको गौरीघाटमा आगलागी ★   २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु ★   दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो ★   आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो ★   पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा ★   अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानलले प्रत्यक्ष प्रशारण गर्ने ★   विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते ★   मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा ★   म दोषी भए फासीमा चढाईयोस्, ८ वर्षले पुग्दै पुग्दैनः सन्दीप लामिछाने ★   एमाले रसुवा जिल्ला अध्यक्षमा ढकाल

श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु



प्रतीकात्मक तस्बिर

काठमाडौं । चितवनको भरतपुरमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

श्रीमतीको हत्या गरी घरको छतबाट भाग्न खोज्दा श्रीमानको पनि तीन तला माथिबाट खसेर मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादमा धारिलो हतियार प्रहार गरी ३५ वर्षीया श्रीमती रुष्मा आचार्य (घिमिरे)लाई घरको बैठक कोठामा गम्भिर घाइते बनाएका थिए ।

उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि श्रीमान कृष्णप्रसादले घरको तीनतला माथिबाट हामफालेर भाग्न खोज्दा उनी गम्भिर घाइते भएका थिए ।

उनको पनि उपचारको क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको हो । दुबै जनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । उनीहरुको १२ वर्षीया एक छोरी छिन् ।