• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु



प्रतीकात्मक तस्बिर

काठमाडौं । चितवनको भरतपुरमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

श्रीमतीको हत्या गरी घरको छतबाट भाग्न खोज्दा श्रीमानको पनि तीन तला माथिबाट खसेर मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादमा धारिलो हतियार प्रहार गरी ३५ वर्षीया श्रीमती रुष्मा आचार्य (घिमिरे)लाई घरको बैठक कोठामा गम्भिर घाइते बनाएका थिए ।

उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि श्रीमान कृष्णप्रसादले घरको तीनतला माथिबाट हामफालेर भाग्न खोज्दा उनी गम्भिर घाइते भएका थिए ।

उनको पनि उपचारको क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको हो । दुबै जनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । उनीहरुको १२ वर्षीया एक छोरी छिन् ।