• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   राजस्थान रोयल्ससँगको लज्जास्पद हारपछि के भने हार्दिक पाण्ड्याले ? ★   ‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’ ★   तनहुँका २३ सामुदायिक वनमा आगलागी: सबै नियन्त्रणमा ★   कतारका अमिरको नेपाल भ्रमण: भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह ★   सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिन्छ – गृहमन्त्री ★   टी–२० विश्वकपका लागि सुनिल नारायणले सन्यास फिर्ता लिन्छन् ? ★   धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु ★   प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट ★   काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण ★   नेपालसँग हुने टी–२० खेलका लागि वेस्टइन्डिज ‘ए’ को बलियो टोली घोषणा

श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु



प्रतीकात्मक तस्बिर

काठमाडौं । चितवनको भरतपुरमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

श्रीमतीको हत्या गरी घरको छतबाट भाग्न खोज्दा श्रीमानको पनि तीन तला माथिबाट खसेर मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादमा धारिलो हतियार प्रहार गरी ३५ वर्षीया श्रीमती रुष्मा आचार्य (घिमिरे)लाई घरको बैठक कोठामा गम्भिर घाइते बनाएका थिए ।

उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि श्रीमान कृष्णप्रसादले घरको तीनतला माथिबाट हामफालेर भाग्न खोज्दा उनी गम्भिर घाइते भएका थिए ।

उनको पनि उपचारको क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको हो । दुबै जनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । उनीहरुको १२ वर्षीया एक छोरी छिन् ।