१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोकमा डुब्यो दले गाउँ



अ+ अ-

झापा । कचनकवल गाउँपालिका–५ स्थित दले गाउँ पूरै शोकमा डुबेको छ । आज बिहान एकै गाउँका तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको छ ।

स्थानीय सुनकोशी चिया बगानमा मजदुरी गर्दै आएका १७ वर्षीया अञ्जली, १६ वर्षीया करिना र १७ वर्षीया कल्पना गणेश एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ नै शोकमा डुबेको छ । आज बिहान दले गाउँमा कसैको घरमा चुलोसमेत बलेन ।

उनीहरु एकै पटक झुण्डिनुको कारणबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।

तीनै जनाको शवलाई धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा शव परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । “नेपालमै पहिलो पटक किशोरीहरुले सामूहिकरूपमा एउटै रुखमा झुण्डिएर मृत्युवरण गरेको यो पहिलो घटना हो”, उहाँले भन्नुभयो, “यसअघि प्रेमी प्रेमिका, एउटै घरका परिवार मात्र यसरी झुण्डिएका घटना थिए । एउटै उमेरका किशोरी यसरी एकै पटक झुण्डिनुमा कसरी सहमति जुट्यो रहस्यमय नै छ ।” उहाँले शव परीक्षण रिपोर्टका आधारमा पनि थप अनुसन्धान गर्न सजिलो हुने बताउनुभयो ।

मृत भेटिएका मध्ये अञ्जली गणेश र करिना गणेश दिदीबहिनीका छोराछोरी भएको वडा नम्बर ५ का वडाध्यक्ष मोहम्मद नुर आलमले बताउनुभयो ।

अञ्जली तीन दिनअघि मात्र करिनाको घरमा आएकी थिइन् । कल्पना करिनाकी छिमेकी हुन् । अञ्जलीको घर सोही वडाको नेपाल भारतसीमा नजिकै रहेको उहाँको भनाइ छ ।

“तीनै जना आफ्ना अभिभावकसँगै बगानमा मजदुरी गर्थे”, उहाँले भन्नुभयो, “यो घटनाले वडा नै शोकमय बनेको छ । आज बिहान कसैको घरमा खानासमेत पाकेन । विचित्रको घटना भयो ।”




भर्खरै