• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

पाल्पामा बस दुर्घटनाः ६ जनाको मृत्यु, १६ जना घाइते



बुटवल । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी करिब ५ बजे दुर्घटना भएको हो ।

३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ । बस सडकबाट डेढ सय मिटर तल खसेको थियो ।

मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।