१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्यापिँदा ज्यान गुमाउने ३ जनाकै सनाखत



अ+ अ-

भक्तपुर । भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्यापिँदा ज्यान गुमाएका तीन जनाकै परिचय खुलेको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा आज दिउँसो रुख ढलेर बस र स्कुटी च्यापिँदा भक्तपुर २ बस्ने २५ वर्षका विशेष खर्बुजा, चागुँनारायण नगरपालिका २ का ५५ वर्षका न्हुँच्छेराम बखत्यो र सर्लाहीको हरिवन नगरपालिका ४ का ४५ वर्षका राजकुमार भुजेलको मृत्यु भएको हो ।

भुजेल स्कुटरमा सवार थिए भने बाँकी दुई जना गाडीमा थिए । यस्तै घाइतेहरुको भक्तपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

रुख ढलेपछि सडक केही बेर बन्द भएको थियो । क्रेन लगाएर रूख र बसलाई हटाएपछि अहिले सवारी चल्न थालेका छन् ।

सम्बन्धित समाचार: अपडेटः भक्तपुरमा बस र स्कुटरमाथि रुख ढल्दा तीन जनाको मृत्यु

 




भर्खरै