• ३ भाद्र २०७९, शुक्रबार
  •      Fri Aug 19 2022
Logo
Latest
★   तनहुँ–१ बाटै चुनाव लड्छु: वरिष्ठ नेता पौडेल ★   भक्तपुरको गाईजात्रा सम्पन्न ★   राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा पूजा–अर्चना (फोटोफिचर) ★   प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली क्षेत्रमा सक्रिय, ११ जिल्लाहरूमा ३२ लाखको शैक्षिक सामाग्री वितरण गर्ने ★   बाढीले गर्दा मेलम्ची–हेलम्बु सडक अवरुद्ध ★   एनएफपिजेले १७ विधामा फोटो पत्रकारिता अवार्ड प्रदान गर्ने ★   एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी थाल्दैछः योगेशकुमार भट्टराई ★   एकीकृत समाजवादीको उम्मेदवार छनोटको लागि गृहकार्य सुरु ★   काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पदः विश्वप्रकाश शर्मा ★   निर्वाचनमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता

प्रधानमन्त्रीका स्वकीय सचिवका ज्वाइँ पहिलो वरियतामा एसएसपी बढुवा सिफारिस



काठमाडौं । गृह मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइँ दिपेन्द्र कुँवरलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

मन्त्रालयले दुई नम्बर ज्येष्ठतामा क्रममा राखेर आइतबार उनलाई बढुवा गरेको हो ।

हाल १ नम्बरमा बढुवा भएका प्रविण कँडेल नेपाल प्रहरीबाट स्थान्तरण भएर आएका अधिकृत हुन् । जसकारण कुँवर आफ्नो ब्याचमा एक नम्बरमा उक्लिएका छन् ।

कुँवर कायममुकायम एसएसपी र प्रहरी उपरीक्षक (एसपी) हुँदा ११ नम्बरमा थिए भने सशस्त्र प्रहरी निरीक्षकका रुपमा भर्ना हुँदा उनी ७५ जनामा अन्तिम पाँचमा थिए ।

उनलाई १ नम्बरमा बढुवा सिफारिस गर्न गृहमन्त्री बालकृष्ण खाण समेत सकरात्मक नरहेको तर बालुवाटारको दबावमा उनी शीर्ष स्थानमा बढुवा सिफारिसमा परेको स्रोतले बतायो ।