१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

विकासका लागि मन्त्रालय बाधक बन्दैन: मन्त्री यादव

विकासका लागि मन्त्रालय बाधक बन्दैन: मन्त्री यादव
file
अ अ+ अ-

चितवन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताउनुभयो ।

महानगरपालिकाभित्र वन क्षेत्रका कारण धेरै आयोजना रोकिएपछि गरिएको बहस कार्यक्रममा मन्त्री यादवले आफू विकास प्रेमी भएकाले वनकै कारण विकासका काम नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो, “समस्या परेका ठाउँमा हामी स्थलगत निरीक्षण गरेर समाधानको उपाय खोज्ने अभियानमा जुटेका छौँ ।” विकल्प खोजेर विकासका कामलाई अघि बढाइने उहाँको भनाइ थियो ।

भरतपुर–माडी हुँदै ठोरीसम्म जाने हुलाकी सडक लाइफलाइन भएकाले यसको कामलाई रोक्न नहुने उहाँको भनाइ थियो । आफू पर्साको जनप्रतिनिधि भएकाले यो सडक निर्माणको दायित्व आफ्नो काँधमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हुलाकी सडकमा परेका समस्या समाधानका लागि वन मन्त्रालय आवश्यक निर्णय लिने अन्तिम तयारीमा छ ।” कागजमा हेरेर मात्रै नहुने भन्दै उहाँले स्थलगत निरीक्षणपछि प्रक्रिया पु¥याएर निर्णय गर्न सकिने बताउनुभयो । भरतपुर महानगरभित्र लालपुर्जा वितरणसहित देखिएका विभिन्न समस्या समाधान गर्न टोली खटाएर निर्णय गर्ने पनि उहाँको भनाइ थियो ।

भरतपुर महानगर अबको पाँच वर्षमा देशकै नमूना बन्ने गरी विकासको काम भइरहेको आफूले पाएको भन्दै मन्त्री यादवले वन मन्त्रालय यसको बाधक नभएर सहयोगी बन्ने बताउनुभयो । नगर प्रमुख रेनु दाहालले महानगरीय रिङ्रोड, नारायणीको तटबन्धन, ल्याण्डफिल्ड साइट, अटोल्याण्ड निर्माण क्षेत्र, विद्युतीकरणका काममा, गोलाघाट–नवलपरासी जोड्ने पुल निर्माण लगायतका क्षेत्रमा रुख कटानमा समस्या देखिएको बताउनुभयो । यस्तै सुकुम्बासीको जग्गा वितरण, यातायात कार्यालय स्थापनालगायतका काममा वनका कारण भएका समस्या समाधान गरिदिन उहाँले अनुरोध गर्नुभयो ।

यस्तै नगरवनलाई अन्तर्राष्ट्रिय पार्कको रुपमा विकास गर्न लगानी कर्तासंग सम्झौता भइसक्दासमेत वनका कारण अवरोध भएको भन्दै यसको निकासका लागि आग्रह गर्नुभयो । सोही अवसरमा वन सचिव डा प्रेमनारायण कँडेलले वनका कारण देखिएका समस्या मन्त्रीस्तर, मन्त्री परिषद् र संसद्मा नै लानुपर्ने भए पनि आवश्यक प्रक्रिया पूरा गरेर लैजान मन्त्रालय तयार रहेको बताउनुभयो ।

मन्त्री यादवसहितको टोलीले शनिबार माडीमा वनका कारण देखिएका समस्याका बारेमा स्थलगत निरीक्षण गरेको थियो । हुलाकी सडकमा वनका कारण देखिएका समस्याका बारेमा हुलाकी सडक आयोजना निर्देशनालयका आयोजना निर्देशक धर्मेन्द्र झाले जानकारी गराउनुभएको थियो ।

जिल्लाका दलिय प्रतिनिधि, स्थानीय निकायका प्रमुखसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको एक टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी समस्याका बारेमा अवगत गराएको थियो । सो क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिनु भएको थियो । यससँगै नगर प्रमुख दाहालको आग्रहमा मन्त्री यादवको टोली स्थलगत रुपमा निरीक्षण गर्न शनिबार चितवन आएको हो ।