• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ता ७० बाट ६८ वर्ष उमेर हद बनायोः ओली



file

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाउनु भएको छ ।

शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताउनु भयो । उहाँले सो सम्बन्धमा त्यसबाहेक अन्य कुनै लजिक छ भनि सरकारलाई प्रश्न समेत गर्नु भयो ।

उहाँले काँग्रेस नेतृत्वको विगतका सरकारप्रति संकेत गर्दै मुलुकको उद्योगधन्दा निजी क्षेत्रलाई कौडीको मुल्यमा बेचेर राष्ट्रलाई कंगाल बनाएको पनि दोहो¥याउनु भयो । ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवद्र्धनलाई बढावा दिने नीति लिएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले ७० बाट ६८ बनाउनुको इज दियर एनि लजिक ? चुनाव आउँदैछ भन्ने बाहेक अन्य केही छ लजिक ? यतापट्टि धेरै नजाऊ ।

अहिले त मैले धेरैकुरा भनिरहनु पर्लाजस्तो लाग्दैन । हामीले कृषिको उत्पादन कसरी बढाउने, त्यस सन्दर्भमा उद्योगलाई कसरी बढावा दिने ? आठ वटा त हामीले विशेष खालका औद्योगिक क्षेत्र तयार ग¥यौं । त्यसमा सुविधाका कुराहरु अगाडि बढायौं । र, औद्योगिक क्षेत्रलाई कसरी बढावा दिने, प्राईभेटाईजेशनका नाममा भएका उद्योग बेचेर खाने नीति हामीले लिएनौं । हामीले निजी क्षेत्रलाई पनि संगै लिएर हिँडने नीति, प्रोत्साहित गर्ने नीति लियौं तर कौडीमा मोलमा राष्ट्रलाई कंगाल बनाउने काम गरियो ।’

ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले मुलुकको समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि विज्ञहरुलाई आग्रह गर्नु भयो । ओलीको सम्बोधन जारी छ ।