८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

तनहुँका ५६ वडा बाढीपहिराको जोखिममा

तनहुँका ५६ वडा बाढीपहिराको जोखिममा
file
अ+ अ-

दमौली । तनहुँ जिल्लाका ५६ वडा बाढीपहिराको जोखिममा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार १० पालिकाका ५६ वडा बाढी र पहिराको जोखिममा रहेको हो ।

उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वर्षात्का समयमा जिल्लामा पर्नसक्ने बाढीपहिरोलगायत जोखिम न्यूनीकरण तथा पूर्वतयारीकालागि कार्ययोजना बनाइएको जानकारी दिनुभयो ।

योजना कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समिति, स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

“जोखिम न्यूनीकरण र विपद् प्रतिकार्यबीच पारस्परिक सम्बन्ध हुन्छ, जोखिमलाई जति न्यूनीकरण गर्न सकियो उति नै जनधनको क्षतिमा कमी भइ विपद् प्रतिकार्य सरल र सहज हुन सक्छ”, प्रजिअ अर्यालले भन्नुभयो ।

जिल्लाका स्थानीय सरकारलाई स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । विपद् आउनुपूर्व नै आवश्यक स्रोतसाधनको व्यवस्थासहित तयारी हालतमा बस्न र विपद्का समयमा खोज तथा उद्धार गरी आपत्कालीन राहत सहयोग एवं सुरक्षा प्रदान गर्न प्रतिकार्य योजना दस्तावेजका रुपमा रहेको प्रजिअ अर्यालले बताउनुभयो ।

“प्रकोपबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गरी जिल्लाको प्रतिकार्य क्षमताको वृद्धि गरी आपत्कालीनअवस्थाका पीडितको आवश्यकतालाई समयमै प्रभावकारीरुपले पूरा गर्ने सुनिश्चितता हुनु नै योजनाको समष्टिगत उद्देश्य हो”, उहाँले भन्नुभयो ।

व्यास नगरपालिकाको वडा नं १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ का ६२ टोल बस्ती पहिराको जोखिममा छन् । यस्तै वडा नं १, २, ३, ६, ८, ९, ११ र १३ का ४७ बस्ती बाढीको जोखिममा छ ।

भानु नगरपालिका–४, ५, ६ र ७ का बस्ती पहिराका जोखिममा छन् भने वडा नं १, २, ५, ६, ७, ११, १२ र १३ बाढीको जोखिममा छन् । भिमाद नगरपालिका– ३, ५, ७, ८ र ९ का बस्ती पहिराका जोखिममा छन् भने वडा नं १ र २ बाढीको जोखिममा रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–१, १०, ११ र १२ का बस्ती पहिराको जोखिममा छन् भने वडा नं ४ र ५ का बस्ती बाढीको जोखिममा छन् । देवघाट गाउँपालिका– १ को तीन वटा बस्ती, २, ३ र ४ का सम्पूर्ण क्षेत्र र वडा नं ५ को दुई वटा बस्ती पहिराको जोखिममा छन् भने वडा नं १ देखि ५ अन्तर्गतका नदी तटीय क्षेत्र बाढीको जोखिममा छन् ।

बन्दीपुर गाउँपालिका– १, २, ४ र ५ का १० वटा बस्ती पहिराको जोखिममा छन् भने वडा नं ६ को सामीकोट क्षेत्र बाढीको जोखिममा छ । घिरिङ गाउँपालिकाको वडा नं २, ३, ४ र ५ का १० वटा बस्ती पहिराका जोखिममा छन् भने वडा नं १ को कालीगण्डकी, मैदीखोला र सिरिङदीखोला किनारका बस्ती बाढीको जोखिममा छन् ।

ऋषिङ गाउँपालिका– १, २, ३, ६, ७, ८ का बस्ती पहिराका जोखिममा छन् भने वडा नं १, ३, ४, ५, ७ र ८ का झापुटार र बेलटारका नदी बाढीको जोखिममा छन् । आँबुखैरेनी गाउँपालिका– ४, ५ र ६ का बस्ती पहिराका जोखिममा छन् भने वडा नं २, ४, ५ र ६ का बस्ती बाढीको जोखिममा छन् । म्याग्दे गाउँपालिकाका वडा नं १ देखि ७ सम्मका वडा पहिराको जोखिममा छन् भने वडा नं ३ ६ को अकला क्षेत्र बाढीको जोखिममा छन् ।

“मनसुनका समयमा हुनसक्ने विभिन्न प्रकोपका घटना र यसबाट सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरणलगायत कार्य गर्न कार्ययोजना बनाएर अगाडी बढेका छौ”, प्रजिअ अर्यालले भन्नुभयो, “सम्पूर्ण सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र स्थानीय समुदायको प्रभावकारी परिचालनबाट राहत तथा उद्धार कार्यलाई जोड दिएका छौँ ।”

यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत सङ्कलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकाय अधिकतम परिचालन हुने, मनसुनका कारण उत्पन्न हुनसक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकाय तयारी अवस्थामा रहनेछन् ।

विपद्को समयमा खोज तथा उद्धार एवं आपत्कालीन सुरक्षा र राहत वितरण कार्यका लागि टोली तयार अवस्थामा राखिएको छ । नेपाली सेनाको चापाघाटस्थित कालीभञ्जन गण ९इ० बाट सेना, जिल्ला प्रहरी कार्यालय तनहुँबाट २५ प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त ५५सुरक्षाकर्मी तयार गरिएको छ ।

विपद्का समयमा खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण एवं आपत्कालीन राहत सहयोगका लागि विभिन्न सङ्घसंस्थाबाट भौतिक स्रोतसाधन पनि तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट सेफ्टी हेलमेट, रेस्क्यु भेष्ट, लाइफ ज्याकेट, सावेल, मेटल बकेटलगायत सामग्रीको व्यवस्था गरिएको छ भने नेपाली सेना कालीभञ्जन गण (इ) बाट ट्युव, लाइफज्याकेट, कोदालो, गैँची, बञ्चरोलगायत आवश्यक सामग्रीको व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट स्टेचर, लाइफ ज्याकेट, बञ्चरो, सशस्त्र प्रहरी बल नेपाल नं २३ गणबाट फलामको गल, सावेल, स्टेचर, नेपाल रेडक्रस सोसाइटीबाट गैर खाद्य सामग्रीको व्यवस्था गरिएको छ । रासस