२० भाद्र २०८३, शनिबार
,
Latest
पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा गम्भीर बिरामी भएका नेपालीको उद्धार गर्न कार्यदल गठन



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेका अवस्थामा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा उपचाररत नेपालीको अवस्थाबारे जानकारी लिन कार्यदल गठन गरिएको छ । विदेशी अस्पतालमा ‘कोमा’ तथा गम्भीर अवस्थामा रहेका नेपाली श्रमिकको स्थिति बुझ्न, उनीहरुको उद्धारमा सहजीकरण गर्ने उद्देश्यले मन्त्रीस्तरीय निर्णयबाट तीन सदस्यीय कार्यदल गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख तोकिएको छ । कार्यदलको सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक ताकिनुभएको छ । कार्यदलले विदेशका अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेका श्रमिकको एकीकृत तथ्याङ्क तयार गर्ने, उनीहरुको उद्धार गरी स्वदेशमा फर्काउने उपायको पहिचान गर्ने, स्वदेशमा ल्याएपश्चात सरल एंव प्रभावकारी उपचारको व्यवस्थापन गर्ने विषयमा टुङ्गो लगाउने मन्त्रालयले जनाएको छ ।

अहिले पनि विभिन्न गन्तव्य मुलुकका अस्पतालमा सयौँ नेपाली गम्भीर अवस्थामा उपचाररत छन् । साउदी अरेबियामा मात्रै २५ नेपाली कोमामा छन् ।