८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

नेपालगञ्जको तातो हावाबारे अध्ययन हुँदै

नेपालगञ्जको तातो हावाबारे अध्ययन हुँदै
अ+ अ-

नेपालगञ्ज । नेपालगञ्जको तापक्रम र तातो हावा (लु) बारे यहाँ अध्ययन सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बढ्दो तापक्रम (लु) न्यूनीकरणका लागि आवश्यक कदम चाल्न र त्यसको असरबारे अध्ययन थालेको हो । जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीको आयोजनामा तातो हावासम्बन्धी कार्यशालामा उपमहानगर प्रमुख प्रशान्त विष्टले नेपालको सबैभन्दा बढी गर्मी हुने सहरमा ‘हिटवेभ’सम्बन्धी अध्ययन भइरहेको र अध्ययन प्रतिवेदनको आधारमा योजनाबद्ध तरिकाले काम अगाडि बढ्ने बताउनुभयो ।

उहाँले तातो हावा कम गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै यसमा सरोकारवाला व्यक्तिको सहयोग आवश्यक पर्ने जानकारी दिनुभयो । कार्यशालामा नरेडक्रसले नेपालगञ्जलाई केन्द्रित गरी तातो हावाका सम्बन्धमा गत वर्ष गरेको अनुसन्धानात्मक अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको थियो । अनुसन्धानमा नेपालगञ्जमा उच्च तापक्रम भएका वडाहरु, तातो हावाका कारण सङ्कटासन्न वडा एवं समूह, यसले पारेको असर न्यूनीकरणका लागि गरिएका गतिविधि र आगामी दिनमा गर्न सकिने पहलबारे प्रस्तुती गरिएको थियो ।

कार्यशालामा सहभागी अधिकांशले ‘हिटवेभ’को असरलाई कम गर्न स्थानीय तहले सक्रियता देखाउनुपर्ने, जलसञ्चय हुने पोखरी तथा तालहरु संरक्षण गर्नुपर्ने र खुला स्थानमा वृक्षरोपण गरी हरियाली गर्नुपर्नेमा जोड दिएका थिए । रेडक्रसका सभापति गोवद्र्धन सिंहले ‘हिटवेभ’का बारेमा बारेमा चर्चा गर्दै समुदायको क्षमता विकासमा रेडक्रसले सहयोग गर्ने बताउनुभयो । रेडक्रसका विपद् तथा सङ्कट व्यस्थापन विभाग निर्देशक विपुल न्यौपानेले ‘हिटवेभ’सम्बन्धी छलफल र नेपाल सरकारको निकायले दिएको तथ्याङ्कको आधारमा ‘हिटवेभ’को रिपोर्ट तयार गरिएको जानकारी गराउनुभयो ।

रेडक्रसले नमूनाका रुपमा नेपालगञ्जमा सञ्चालन गरिरहेको ‘हिटवेभ’ प्रतिकार्य कार्यक्रमबाट जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको जनाएको छ । कार्यक्रममा परामर्शदाता आश्मा सुवेदीले अध्ययन प्रतिवेदन र युनिसेफका नरेश निदालले सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनामा समुुदायस्तरको अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।